नियम ८५
दैनिक मुद्दा पेसी सूची
(१) नियम ८४ बमोजिम साप्ताहिक पेसी सूचीमा समावेश भएका मुद्दाहरू मध्येबाट दैनिक पेसी सूची तयार गर्नको लागि सो दिन पेसी तोकिएको मुद्दाको सूची रजिस्ट्रारले १७सर्वोच्च अदालतले बनाएको पेसी व्यवस्थापन सम्बन्धी निर्देशिकामा निर्धारण भएबमोजिम गोला प्रक्रियाद्वारा इजलास गठन गर्ने प्रयोजनका लागि न्यायाधीशहरू समक्ष पेस गर्नुपर्छ।

(२) “उपनियम (१) बमोजिम गोला प्रक्रियाबाट इजलास गठन भएपश्चात सो अनुसारको दैनिक मुद्दा पेसी सूची रजिस्ट्रारले मूल सूचना पाटीमा टाँस्न लगाई सम्बन्धित इजलास कोठाको सूचना पाटीमा “गोला प्रक्रियाद्वारा गठन भएको इजलासको मुद्दाहरूको दैनिक पेसी सूची टाँस्न लगाउनुपर्छ र एकप्रति सम्बन्धित न्यायाधीशलाई पनि दिनु पर्छ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा देखिएको भए तापनि बन्दीप्रत्यक्षीकरणको निवेदन, मिलापत्र गर्न वा मुद्दा फिर्ता लिन दिइने दरखास्त तथा अन्य फुटकर निवेदनहरू साप्ताहिक वा-दैनिक मुद्दा पेसी सूचीमा नचढेको भए पनि दर्ता भएकै दिन र देहायका निवेदनहरू दर्ता भएको भोलिपल्ट आवश्यकता अनुसार इजलास तोकी पेसीमा चढाई कारबाही गर्न सकिनेछः-

(क) परमादेश सम्बन्धी निवेदन, (ख) उत्प्रेषण सम्बन्धी निवेदन,

(ग) प्रतिषेध सम्बन्धी निवेदन,

(घ) अधिकारपृच्छा सम्बन्धी निवेदन, (ङ) निषेधाज्ञा सम्बन्धी निवेदन।

(४) उपनियम (२) बमोजिम मुद्दाको दैनिक पेसी सूची तयार गर्दा अघिल्लो दिन तोकिएको मुद्दा इजलासले हेदहिदैं नभ्याई बाँकी रहेको भए सो इजलासलाई नै तोकिनेछ।



प्रा । तर सो दिन इजलास गठन नभएकोमा त्यस्तो मुद्दा र कुनै इजलासले हेर्न नभ्याएर बाँकी रहेको मुद्दालाई आगामी हप्ताको पहिलो दिन वा अन्य कुनै दिन पेस हुने गरी पेसी तोक्न सकिनेछ।

(५) “पेसी व्यवस्थापन समितिले हप्ताको कुनै खास किसिमका मुद्दाहरू हेरिने गरी तोक्न सक्नेछ। त्यसरी दिन तोकिएकोमा सोही अनुसार दैनिक मुद्दा पेसी सूची तयार गरिनेछ।

(६)